२ पुस २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

इन्द्रावती गाउँपालिका एमालेको पोल्टामा

जिल्ला पार्टीका दुई पूर्वप्रमुखबीचको प्रतिस्पर्धाले चासोका साथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्।  

एमाले पूर्वअध्यक्ष नेपालले झण्डै एक हजार मतान्तरमा कांग्रेसका पूर्वअध्यक्ष विकास लामालाई पराजित गरे। नेपालले ७ हजार १ सय २७ मत ल्याउँदा तामाङले ६ हजार १ सय ६८ भोट पाए। उपाध्यक्ष निर्वाचित तामाङले ६ हजार ५ सय १३ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दयाकुमारी मिश्रले ६ हजार ४ सय ७० मत ल्याइन्।  

साविक भोटसिपा गाविस अध्यक्ष नेपाल अघिल्लो निर्वाचनमा पनि एमालेबाट अध्यक्ष पदको उम्मेदवार थिए। त्यतिबेला उनी कांग्रेस उम्मेदवार बंशलाल तामाङबाट पराजित भएका थिए। नेपालले यो पटक अघिल्लो पराजयको बदला लिएका छन्। १२ वटा वडा रहेको इन्द्रावतीमा कांग्रेस र एमालेले बराबर पाँच/पाँच र माओवादीले दुई वडा जितेका छन्। यो पालिकामा विजयी भएसँगै एमालेले जिल्लामा जितको खाता खोलेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App