२३ वैशाख २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।  

काँग्रेसका बबिकुमार राईले ८ हजार २ सय ५३ मतका साथ अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९ सय १६ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा माओवादीका दिनेश पौडेल ५ हजार ६ सय २६ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत प्राप्त गरेकी थिइन्। एमालेले मिक्लाजुङलाई आफ्नो गढका रुपमा लिने गरेको हो। 

२०७४ सालको स्थानीय निर्वाचनमा मिक्लाजुङको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो। त्यस बेला एमाले एक्लैले ६ वटा वडा जितेको थियो। ५ वटा काँग्रेस, २–२ वटा वडा एमाले र माओवादीले यस पटक जितेका छन्।

नेपाली काँग्रेसका उम्मेदवारहरु वडाध्यक्षसहित प्यानल नै वडा नम्बर १ मा पर्वत राई, २ नम्बरमा बलबहादुर श्रेष्ठ, ४ नम्बरमा विशाल राई, ६ नम्बरमा खडीबहादुर मगर र ९ नम्बरमा सेमन्तराज दाहाल विजयी भए। एमालेबाट प्यानलसहित ३ नम्बरमा सन्तोषकुमार थापा मगर र ७ नम्बरमा सुशीलराज चौहान वडाध्यक्ष भए। माओवादीबाट ५ नम्बरमा मेघराज तामाङ र ८ नम्बरमा पूर्णबहादुर कुँवर वडाध्यक्षमा निर्वाचित भए। 

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App