८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

गाउँपालिका अध्यक्ष वडा सदस्यमै पराजित

सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन्। पहिलो पटक २०७४ सालको निर्वाचनमा लोकप्रिय मत पाएर निर्वाचित भएका पालिका अध्यक्षनै वडा सदस्यमा पराजित भएका हुन्।

बराहताल गाउँपालिका–८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन्। बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए। उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए।  

गाउँपालिका अध्यक्षमै दोहोरिन चाहेका बस्नेतलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने आश्वासन पाएपछि वडा सदस्यमा चुनाव लडेका थिए।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App