२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

शिक्षामन्त्री पौडेलको वार्डमा गठबन्धनको लजास्पद पराजय

नेकपा माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको वार्ड बाग्लुङ – १२ (अमलाचौर) मा गठबन्धनको उम्मेदवारले लज्जास्पद हार बेहोरेका छन्।  

गत शनिवार सम्पन्न स्थानीय निर्वाचनको सोमवार भएका मतगणनामा मुढा चिन्न लिएर निर्वाचनमा उत्रिएका स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माले लोकप्रिय सहित वार्ड अध्यक्ष निर्वाचित भए।  शर्माले नेकपा एमालेका उम्मेदवार गुरुदत्त पाठक र गठबन्धनका उम्मेदवार लोकनाथ शर्मालाई पराजित गरेका हुन्। लोकनाथलाई जनमोर्चाले उम्मेदवार बनाएको थियो।  

जम्मा खसेको मत २४७८ मध्ये शर्माले १३३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी पाठकले ८०१ मत प्राप्त गरे। यस्तै गठबन्धनका उम्मेदवार लोकनाथ शर्माले १७८ मतमा चित्त बुझाए।  

 शर्मा नेपाली कांग्रेसको वार्ड सभापति हुन्। उनले गठबन्धनले निर्णय अन्यायपूर्ण भएको भन्दै नेपाली कांग्रेसको निर्णयलाई समेत चुनौति दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्थानीय निर्वाचनमा शर्माको पुरै प्यानलले जित हासिल गर्दा दलिय प्रतिनित्व शुन्य हुन पुगेको छ।  

बामपन्थीको किल्लाको रुपमा लामो समयदेखि चर्चित सो वार्डबाट नेकपा माओवादी नेता दिननाथ शर्मा, एमाले संसाद डा. सूर्य प्रसाद पाठक र माओवादी केन्द्रीय सदस्य बलावती शर्माले प्रतिनिधित्व गर्छन्। पछिल्लो गठबन्धनबाट उम्मेदवार छान्न माओवादी केन्द्रीय सदस्य बलावलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। प्रमुख दलका नेताहरुको बाक्लो उपस्थिती रहेको वार्डका दलिय प्रतिनिधित्व नहुदाँ कतिपयले उम्मेदवारी छनोटमा कमजोरी भएको दावी गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App