२२ असार २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सिन्धुलीको तीनपाटनमा कर्णबहादुर थापामगर दोस्रो पटक अध्यक्षमा निर्वाचित

सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमा काँग्रेसका कर्णबहादुर थापामगर दोस्रो पटक गाँउपालिका अध्यक्ष निर्वाचित भएका छन्। गठबन्धनबाट नेपाली काँग्रेसका थापामगर अध्यक्षमा पुन निर्वाचित भएका हुन्।  

थापामगरले ९ हजार २ सय ३९ मत ल्याएर बिजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४४ मत ल्याएका छन्। थापामगरले एक हजार एक सय ९५ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्। नेकपा एमालेको किल्ला मानिने तीनपाटन गाँउपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा १९ मतान्तरणले एमालेका उनै छत्र दाहाललाई हराएर निर्वाचित बनेका थापामगर पुन दाहालसँग फराकिलो मतान्तरणले निर्वाचित भएका हुन्। 

गाँउपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी बनेका छन्। उनले ८ हजार ३ सय ९९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी पदममाया तामाङले ७ हजार ९ सय ८ मत पाएकी थिइन्। उनि यसअघिको २०७४ सालको स्थानिय निर्वाचनमा उपाध्यक्षमै निर्वाचित भएकी थिइन्। गठबन्धनमा उपाध्यक्षमा निर्वाचित भएका पुलामी यसअघिको स्थानिय तहको निर्वाचनमा अध्यक्षमा पाराजित उम्मेदवार हुन्।  

११ वटा वडा रहेको तीनपाटन गाउपालिकामा ९ ओटा वडा नेपाली काँग्रेस र वडा नम्बर १ र ५ मा नेकपा एमालेले जितेका छन्। दोस्रो पटक गाँउपालिका अध्यक्ष निर्वाचित भएका कर्णबहादुर मगरले यसअघिको कार्यकालमा आफु अल्पमतमा रहेको र धेरै बाधा अड्चनकाबीच केहि कामहरु सुरुवात भएकाले ति कामहरु पुरा गर्ने बताए। खासगरि बन्धनदलबाट अहिले बहुमत सरकार चलाएर गाँउको मुहार फेर्न मेरो पहल हुनेछ उनले भने।

प्रकाशित: ३ जेष्ठ २०७९ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App