लहान नगरपालिकामा ८ वटा वडा अध्यक्षको अन्तिम मतपरिणाम घोषणा भैसकेको छ। जसमा ७ वटा वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएका छन् भने एउटामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ।
लहान नगरपालिकाको १,२,३,५,६,७,८ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएका छन् भन वडा नम्बर ४ मा जनता समाजवादी पार्टीबाट वडाअध्यक्षसहितको प्यानल विजयी भएका छन्।
वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार युगकिशोर चौधरी ८३१ मत ल्याएर विजयी भएका छन्। नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार मन्टुन चौधरी ७०७ मत सहित दोस्रो भएका छन्। वडा नम्बर २ मा नेपली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार शियाराम यादव ३९० मत ल्याएर विजयी भएका छन्।
जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार विनारायण महतो ३५३ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष उम्मेदवार रामदयाल महतो ६४७ मत ल्याएर विजयी भएका छन्। नकेपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार राजेशकुमार चौधरी ५४५ मत ल्याएर दोस्रो भएका छन्।
वडा नम्बर ४ मा जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार रामनाथ पण्डित ४३४ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार मोहम्मद अवुल मियाँ ४२० मत लयाएर दोस्रो भएको छ। वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार अब्दुल करिम ७३७ मत ल्याए विजयी भएका छन भने नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार रियासत लिमी ५९७ मत ल्याएर दोस्रो भएका छन्।
वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार रामेश उपाध्याय ३२३ मत ल्याए विजयी भएका छन। नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष उम्मेदवार वैजनाथ साहु सुडी २८२ मत ल्याएर दोस्रो भएका छन्।
वडा नम्बर ७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार रामऔतार शर्मा ६७४ मत ल्याएर विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार राकेश कुमार गुप्ता २४६ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ८ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार श्याम कुमार साह ‘भोरेभोर’ ६२५ मत ल्याएर विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार विजयकुमार महतो ४६३ मत ल्याएर दोस्रो भएका छन्।
निर्वाचित वडा अध्यक्षहरुमध्ये वडा नम्बर १ का चौधरी, ५ का करिम, ६ का उपाध्याय, ७ का शर्मा र ८ का साह नयाँ अनुहार हुन्। करिम ०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस वाट वडा अध्यक्षको उम्मेदवार थिए। त्यो बेला उनी एमालेका सुलेमान मियाँसँग पराजित भएका थिए।
लहान नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार महेशप्रसाद चौधरी ५,३१९ मतका साथ अग्रस्थानमा छन्। चौधरीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मेयर उम्मेदवार मुनी साह सुडीले २,८४५ मत ल्याएका छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ ०५:३७ मंगलबार





