१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमाले विजयी

जिल्लाको नौ गाउँपालिका मध्ये मंगलबार बिहान दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी उम्मेदवार घोषणा गरिएको छ।

करैयामाई गाउँपालिकाको अध्यक्षमा शम्भु प्रसाद यादव ५५९८ मत ल्याएर बिजयी बनेका छन् भने उपाध्यक्षमा जसपाकै सुनैना कुमारी चौधरीले ५४३९ मतसहित विजयी बनेकी छिन्।

अध्यक्षमा निर्वाचित यादवको  निकटम प्रतिस्प्रर्धी नेपाली काँग्रेसका भुवनेश्वर चौधरीले ३४०० मत प्राप्त गरेका थिए पनि उप प्रमुखमा काँग्रेसकै चित्ररेखा कुमारीले ३१७२ मत प्राप्त गरेकी छिन्।

त्यसैगरी परवानीपुर गाउँपालिकाको अध्यक्षमा एमालेबाट रामक्षेत्री कुर्मी २९१७ मत र उपाध्यक्षमा एमालेकी सुगान्धी देबीले ३२३२ मत ल्याएर विजयी बनेका छन्। उनीहरुको निकटम प्रतिस्प्रर्धी लोसपाको जगतनारायण महतोले २४४३ र उपाध्यक्षमा साबित्री देवी २३८७ मत प्राप्त गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App