माओवादीको गढ मानिएको रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाँठामगर विजयी भएका छन्।
कांग्रेसका बाँठाले ४ हजार ४ सय ५५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटका निर्वाचन अधिकृत कृत बहादुर बोहराले जानकारी दिए।
बाँठाले माओवादी केन्द्रका चन्द्र बहादुर केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन। चन्द्र बहादुरले ४ हजार ४ सय २४ पाएका छन्। उपाध्यक्षमा भने माओवादी केन्द्रकी तार बुढा केसी विजयी भएकि छिन्। उनले ४ हजार ५ सय ६० मत प्राप्त गरेकि छिन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले ४ हजार १ सय ६० मत ल्याएकी छिन्।
१० वटा वडा रहेको बाँफिकोट पालिकामा २०७४ को स्थानीयतह निर्वाचनमा नेपाली कांग्रेसले एक वटा वडा पनि जितेको थिएन । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो।
प्रकाशित: ३ जेष्ठ २०७९ ०४:३९ मंगलबार





