६ वैशाख २०८१ बिहीबार
निर्वाचन विशेष

रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार थापा विजयी

पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रामपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा रमणबहादुर थापा र उपप्रमुख (उपमेयर) पदमा बालकुमारी थापा विजयी भएका हुन्।

पाल्पाको व्यापारिक शहर रामपुरमा निवर्तमान मेयर रमणबहादुर थापा २  सय ७३  मतान्तर सहित १० हजार ४५६ प्राप्त गरी विजयी भएका हुन्। थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिव अर्यालले १० हजार ८३ मत मत पाए।

यस्तै उपप्रमुख पदमा नेपाली काँग्रेसकी उम्मेदवार १० हजार ३०७ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी रानाले १० हजार २५० मत पाइन्। नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १ सय ६८, स्वतन्त्र उम्मेदवार प्रेमप्रकाश श्रेष्ठ (पुतली चिन्ह) ले २७, मंगोल अर्गनाइजेशन नेपालका माया सुनारले २७ र जनता समाजवादी पार्टीका निराजन रेग्मीले २९ मत पाए। नगर उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ र मंगोल अर्गनाइजेशन नेपालका भिमबहादुर आलेले २६ मत पाए।

१० वडा रहेको रामपुरका ७ वटा वडामा नेपाली काँग्रेस र ३ वटामा नेकपा एमाले विजयी भएको छ। वडा नं. १, २, ४, ५, ६, ७ र ९ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। यस्तै वडा नं. ३, ८ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।

कुल २९ हजार ६७ मतदाता रहेको रामपुरमा ७३ दशमलव ५७ अर्थात् २१ हजार ३ सय ८५ मत खसेको थियो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस नगरपालिकामा नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका थिए।

थप

एक नम्वर वडाको अध्यक्षमा कपिलबहादुर खाँणले ९४७ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी मिनबहादुर खाँणले ७५१ मत पाए। सो वडामा ०७४ को निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो। यस वडामा एक हजार ७४४ मत खसेको हो।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App