पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार २ सय ६५ पुर्याएका हुन्।
हालसम्म २० हजार ६ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ५ सय ४३ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार २ सय ७८ मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै राप्रपाका शंकर खराल ले १ हजार ३६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ५ सय ३६ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् ।रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ६ सय ५ पुर्याएकी छन्। रानाभाटले ८ हजार ८ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ८ हजार २ सय ७२ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले ८ सय ७२ मत प्राप्त गरेकी छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ ०३:४६ मंगलबार





