८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

बबई गाउँपालिकामा काँग्रेस विजयी

दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। यो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेस विजयी भएको हो।

यसअघिको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो। काँग्रेसका कुलबहादुर खत्री ६ हजार ६ सय १५ मत पाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए भने उपाध्यक्षमा ६ हजार ४ सय मत पाएर बमकुमारी खड्का निर्वाचित भइन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:४२ मंगलबार

बबई गाउँपालिका काँग्रेस विजयी