ललितपुर महानगरपालिकामा मंगबलबार बिहानसम्म पनि नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता छ। उनी दोस्रो कार्यकालका लागि मेयरमा भिड्दै छन्।
मंगलबार बिहानसम्मको कुल मतपरिणामअनुसार चिरीबाबुले ७ हजार २ सय १७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ हजार ८३ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानिय निर्वाचन २०७४ मा चिरीबाबुले जसलाई झिनो मतले हराएका थिए अहिले पनि उनी तीनैसँग भिडिरहेका छन्। अहिले पनि ब्यञ्जनकार धेरै पछाडी देखिन्छन् । मतगणना सुरु भएदेखिनै उनी पछिपछि छन्।
यसैगरी तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अष्टबहादुर महर्जन छन्। उनले ५ सय २२ मत मात्र प्राप्त गरेका छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ ०३:१६ मंगलबार





