रोल्पाको लुङग्री गाउँपालिकामा माओवादी विजयी भएकाे छ। अध्यक्षमा माओवादीका भरतकुमार थापाले ४ हजार ९ सय ६४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका जनक खड्काले ४ हजार २ सय ९९ मत ल्याए।
उपाध्यक्षमा माओवादीका दिलकुमारी गुरुङले ४ हजार ७ सय ४० मत ल्याएर विजयी भएकी छिन् भने उनका प्रतिद्धन्दी कांग्रेसका मुन्नी देबि रोकाले ४ हजार २ सय ६६ मत ल्याएका छन्। अधिल्लो यो स्थानिय तहमा जितेको कांग्रेस यो पटक दोस्रो भएको हो।
प्रकाशित: ३ जेष्ठ २०७९ ०२:१३ मंगलबार





