८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

धनुषाको सहिदनगरमा १,२ र ४ मा कांग्रेस विजयी

जनकपुरधाम धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन्। वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको भएका हुन्।

उनले ८७७ मत ल्याएर प्यानलसहित निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जैसीलाल भिनवारले ५ सय २४ मत ल्याएका थिए।

वडा नम्बर ४ मा पनि  नेपाली कांग्रेसका उम्मेदवार रमेश मुखिया विजयी भएका हुन्। उनले माओवादी केन्द्रका उम्मेदवार भरत भुवन यादवलाई पराजित गरेको हो। उनले ७१२ र उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार भरत भुवन यादवले ६२८ मत पाएका थिए।

त्यस्तै वडा १ मा नेपाली कांग्रेसकै तेजीलाल निर्वाचित भए। यादव यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।

जम्मा ९ वटा वडा रहेको नगरपालिकामा १,२ र ४ नेपाली कांग्रेस विजयी भएका हुन् भने ४ मा जसपाका मनोज दास निर्वाचित भएका हुन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App