वैशाख ३० गते भएको निर्वाचनमा पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजइ भइन्।
कार्कीले ५ हजार ७ सय ४ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टिकाराम अर्यालले बताए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ४ हजार ७ सय २६ मत प्राप्त गरी उपविजयीमा सिमित बने। पाँच दलीय गठबन्धनका तर्फबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन्।
उपाध्यक्षमा विजयी नेपाली कांग्रेसकी कान्ता अधिकारीले ५ हजार ४ सय ७९ मत प्राप्त गरिन्। उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लक्ष्मी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गरिन्। २०७४ सालको निर्वाचनमा रिब्दीकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। १६ हजार ३ सय ९५ मतदाता रहेको रिब्दीकोट गाउँपालिकामा ११ हजार २ सय ५९ मत खसेको थियो।
प्रकाशित: ३ जेष्ठ २०७९ ०१:२४ मंगलबार