सिरहाको सिरहा, लहान र धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवारको अग्रता कायम छ।
सिरहा नगरपालिकामा उपेन्द्र कुमार यादव, धनगढीमाई नगरपालिकामा रामचन्द्र यादव र लहान नगरपालिकामा महेश प्रसाद चौधरीले अग्रता कायम राखेका छन्।
लहान नगरपालिकामा महेश प्रसाद चौधरी निवर्तमान मेयर मुनी साह सुडीसँग दुई हजार बढी मत अन्तरले अगाडि छन्। महेश ४२४३ मत ल्याएर अग्रस्थान कायम गरेका छन्। उनी गठबन्धनका साझा मेयर उम्मेदवार हुन। नेकपा एमालेबाट मेयर उम्मेदवार मुनी साह सुडी २२२९ मतसहित दोस्रो स्थानमा छन्।
सिरहामा उपेन्द्र कुमार यादवले ३४२७ मत ल्याएर अग्रस्थानमा छन्। नेकपा एमालेबाट मेयर उम्मेदवार नविनकुमार यादवले ३१३३ मत ल्याएर दोस्रो र जसपाबाट मेयर उम्मेदवार असेश्वार यादवले १७०३ मत ल्याएर तेस्रो स्थानमा चिप्लिएका छन्। अशेश्वर यस नगरपालिकाको निवर्तमान मेयर हुन्।
धनगढीमाई नगरपालिकामा रामचन्द्रले २०९९ मत ल्याएर निरन्तर अग्रस्थान कायम राखेका छन्। नेकपा एमालेका शिवशंकर महतोले १८७४ मत ल्याएर दोस्रो र निवर्तमान मेयर समेत रहेका माओवादी केन्द्रबाट मेयर उम्मेदवार हरिनारायण चौधरीले १२९४ मत ल्याएर तेस्रो स्थानमा छन्। चौधरी निवर्तमान मेयर हुन्।
प्रकाशित: २ जेष्ठ २०७९ १५:१५ सोमबार





