२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

पाल्पाको निस्दी गाउँपालिका सबै क्षेत्रमा एमालेको ‘क्लिनस्विप’

पाल्पाको निस्दी गाउँपालिका पाँचदलीय गठबन्धनलाई हराउँदै एमालेले ‘क्लिन स्विप’ पारेको छ। सात वडा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सबै सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।  

निस्दी पालिका अध्यक्षमा एमालेका मुक्तबहादुर सारु अध्यक्षमा सारुले  ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ प्राप्त गरे।  

निस्दी गाउँपालिका उपाध्यक्षमा  तीरन कुमारी श्रेष्ठ  निर्वाचित भएकी छिन्। श्रेष्ठले ६ हजार ६ सय ९ ल्याएर निर्वाचित हुँदा माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गरे। निस्दीका वडाध्यक्षहरूमा निस्दी १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएका छन्।

कुल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५ सय १५ मत खसेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App