२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

इलाममा मतगणना जारी, दुई नगरबाहेक प्रमुख पदमा गठबन्धनको अग्रता

इलामका १० मध्ये ९ पालिकामा मतगणना भइरहेको छ। माङ्सेबुङ गाउँपालिकाको नतिजा आइसकेको भने ४ नगरसहित ५ गाउँपालिकाको गणना जारी छ।

जारी गणनाअनुसार ४ नगरपालिकामध्ये २ वटामा नेकपा (एमाले) र २ मा गठबन्धनका मेयर–उपमेयर उम्मेदवार अगाडि छन्। गणना भइरहेको ५ गाउँपालिकामध्ये सबैमा गठबन्धनको प्यानलका अध्यक्ष/उपाध्यक्षका उम्मेदवार अघि छन्।  

इलामका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा पछिल्लो मत यस्तो छः

१.इलाम नगरपालिका

मेयर  

कांग्रेस  केदार थापा   ४०६२

एमाले  धीरेन चेम्जोङ  ३७२८

उपमेयर

कांग्रेस  विष्णुकुमारी लिम्बू  ४२४४

एमाले  सीता रिजाल   ३५२०

२.सूर्याेदय नगरपालिका

मेयर  

नेकपा (एस)  रणबहादुर राई २३८९

एमाले   काजीमान कागते २००३

उपमेयर

कांग्रेस  दुर्गाकुमार बराल २४४१

एमाले  दुर्गादेवी भट्टराई १८९०

३. माई नगरपालिका

मेयर  

माओवादी  धनराज लिम्बू १९३१

एमाले   खम्बासिंह लिम्बू  ३२३४

उपमेयर

कांग्रेस  हेमबहादुर लिम्बूू २२४४

एमाले  हिमा भण्डारी ३१३९

४. देउमाई नगरपालिका

मेयर  

कांग्रेस   होम दुलाल १९३५

एमाले   सूर्य पोख्रेल २५१७

उपमेयर

माओवादी   रामकुमार राई ७७२

एमाले     पविमाया राई १३६१

५. माईजोगमाई गाउँपालिका

अध्यक्ष

नेकपा (एस)  जितबहादुर राई ३५१६

एमाले   कुुशबहादुर थेबे ३२२५

उपाध्यक्ष

कांग्रेस  प्रविना राई ३६३४

एमाले  सावित्रा भट्टराई ३१५४

६. सन्दकपुर गाउँपालिका

अध्यक्ष

कांग्रेस  तुलाराम गुरुङ  २३४४

एमाले  उदयबहादुर राई २०१५

उपाध्यक्ष

नेकपा (एस)  हरि लुंगेली १९६३

एमाले  सावित्रा सेढाईं ढकाल १७२६

७. फाकफोथुम गाउँपालिका

अध्यक्ष

कांगे्रस  डिकबहादुर थापा १९७७

एमाले  दीपेन्द्र खनाल  १७२२

उपाध्यक्ष

माओवादी  कुलबहादुर राई बान्तवा १८२४

एमाले  कल्पना राई १६१७

८. रोङ

अध्यक्ष

कांग्रेस  मनीकुमार स्याङ्बो सुवास  १८१५

एमाले  मेहेरमान तामाङ  १७१९

उपाध्यक्ष

कांग्रेस  कल्पना भण्डारी खनाल १८२८

एमाले  विष्णुमाया भुजेल १६५१

९. चुलाचुली

अध्यक्ष

कांग्रेस  राजेन्द्र केरुङ ३५१६

एमाले  ओमनारायण खनाल २१६६

उपाध्यक्ष

माओवादी   शुक्रबहादुर लावती २०११

एमाले  दिलकुमारी लावती २४७२

१०. माङ्सेबुङ गाउँपालिका

अध्यक्ष

कांग्रेस  डिकेन्द्र इदिंगो ३४९५  

एमाले  हेमन्त राई  ३८१८ (विजयी)

उपाध्यक्ष

कांग्रेस  विनोद नेम्बाङ ३७२९ (विजयी)  

एमाले  सुनिता  सुब्बा ३०४६

प्रकाशित: २ जेष्ठ २०७९ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App