१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

पोखरा-२३ को मत गणनासँगै मतान्तर घटाउँदै कृष्ण थापा

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण थापाले मतान्तर घटाउँदै गएका छन्। नेकपा एमालेका उम्मेदवार थापाले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यसँगको मतान्तर घटाउँदै लगेका हुन्। 

पोखरा महानगरपालिका वडा नम्बर २३ को मतगणना सुरु भएसँगै उनले मतान्तरण घटाउन थालेका छन्। पोखरा २३ को २०० मत गणना सम्पन्न हुँदा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन्। 

योसँगै धनराजको अग्रता ९९ मतान्तरमा झरेको छ। यसअघि ११७ मतान्तरले अघि रहेका आचार्य पोखरा २३ को गणनासँगै रक्षात्मक बनेका छन्। पोखरा २३ को मत गणनासँगै २६०० मतगणना सम्पन्न हुँदा आचार्यले १ हजार ३ मतसहित अग्रता कायम राखेका छन्। प्रतिष्पर्धी एमालेका थापा भने ९०२ मतसहित आचार्यलाई पछ्याईरहेका छन्।

उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। उनले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ८७ पुर्‍याएकी छन्। रानाभाटले १ हजार ९९ मत ल्याउँदा गुरुङले १ हजार १२ मत ल्याएर पछ्याईरहेकी छन्।

२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाताले मतदान गरेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App