१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बाँकेमा ६३.४६ प्रतिशत मतदान: आजै गणना सुरु गर्ने तयारी

बाँकेमा ६३ दशमलव ४६ प्रतिशत मत खसेको छ। बाँकेका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरेर मत खसेको हो। 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ। जस अनुसार बाँके क्षेत्र नम्बर १ मा ७५ हजार १ सय ९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६ सय ९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५ सय ५८ मत खसेको छ।

बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए। मतगणना गर्न क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ।

अहिले तीन वटै क्षेत्रमा मतपेटिका संकलनको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिएका छन्। ‘सबै ठाउँबाट मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर आजै रातिदेखि गणनाको काम सुरु गर्ने तयारी भइरहेको छ,’ उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App