हाम्रो संस्कृति संसारकै अनुकरणीय : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन्।
महिला भने मौलिक वेष भूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन्। थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्।
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ।
होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
इटहरी उपमहानगरपालिका–१ आपगाछीमा करिब ६ करोड ६० लाख रुपैयाँको निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। शनिबार आयोजित समारोहमा वालसन्त मोहनशरण देवाचार्यले मन्दिरको उद्घाटन गरे।
बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ ।
कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।
नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ।
धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्याङडाँडामा त्रिधार्मिकस्थल निर्माण गरिएको छ।
कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ।
असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह छ।
प्यागोडा शैलीको गढीमाई मन्दिरमा दर्शनार्थीका लागि सुविधासम्पन्न शौचालय, बिजुली, खानेपानी र पार्किङको व्यवस्था छ।
यहाँ प्रजातन्त्र दिवस कुनै औपचारिक कार्यक्रम वा भाषणमा सीमित हुँदैन।
हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३ औं मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन्।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन्।
शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले जानकारी गराए। महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ।
विसं १८३१ मा जंगबहादुरका जेठा छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गरेका दीपकबहादुर पाण्डेले जानकारी दिए।