६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ। 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो। भाइटीकाको दिन भने सो प्रणाली बन्द हुनेछ। उक्त प्रणाली बिहान १० देखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।

केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। तिहारको भाइटीकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।

प्रकाशित: ३ कार्तिक २०८२ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App