१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन्। गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन्। बुङ्गल नगरपालिका–६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरुक बनाउने अभियान थालेका छन्।  

धार्मिक प्रवचनमा पण्डित पन्तले धर्मशास्त्रमा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको बताउनुभयो ।सनातनी हिन्दू धर्म मान्नेहरूले कुनै किसिमको कुरीतिलाई स्वीकार गर्न नहुनेमा उनले जोड दिएका छन्।  

उनले भने, ‘महिनावारी प्राकृतिक कुरा हो । महिनावारी नहुनु भनेको अस्वस्थ हुनु हो । बाँझोपन हुनु हो । जब सृष्टिकर्तामा नै बाँझोपन आउँछ भने उसले उत्पादन गर्न सक्दैन। त्यसैले महिनावारी भएकालाई सम्मान गर्नुपर्छ।’

परम्परागत रुपमा प्रयोग गरिने पञ्चगब्य र सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको सनातनी आर्यले बताए। ‘गहुँत छर्कनु भनेको कीटाणु मार्नु हो । गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्छ’, उनले भने।

प्रकाशित: १२ कार्तिक २०८२ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App