औपचारिक रूपमा सुरु भएको छठ पूजाको दोस्रो दिन आईतबार ब्रतालुहरुले खरनाको तयारीमा जुटेका छन्।
श्रद्धा, निष्ठा र आत्म शुद्धिलाई ख्यालमा राखेर दिनभर ब्रतालूहरु उपवास बसेर बेलुका प्रसादको रुपमा खाने खिरलाई खरना भन्ने गरिन्छ।
माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी माता, चन्द्रमा, कुल देवता र ईष्ट देवतालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले त्यस खिरलाई खाने गरेका छन्।
छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल पहिलो दिन ब्रताहरुलुले आत्म शुद्धिका लागि लसुन/प्याज मुसुरोको दाल नखाएर साग, रहरको दाल, लौकालाई घ्यूमा पकाएर खाएका थिए।
ब्रतालुहरुले सूर्यास्त पछि चन्द्रमा दर्शन पछि खरनाको विधि सम्पन्न गर्ने गरेका छन्। खरनाको बिधि सम्पन्न गरे पछि ३६ घण्टाको निराहार उपवास बसेर खरनाको बिधि सम्पन्न गरे पछि ३६ घण्टाको निराहार उपवास बसेर छठ पूजा गर्ने गरेका छन्।
खरनालाई स्वधर्म र आत्म संरक्षण तथा पापको नाशको रुपमा लिने गरिएको कलैयामा रहेको श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका प्राचार्य छविरमण सुवेदीले बताएका छन्।
सूर्य उपासनाको निराहार व्रत बसेर ब्रतालुहरुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर तेस्रो दिन सोमबार स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिन्छन्। यसलाई सझियाघाट भनिन्छ।
छव पर्वको चौथो तथा अन्तिम दिन मंगलबार बिहान ब्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ।
ब्रतालुले ‘खरना’ विधिसँगै प्रसाद स्वरुप खिर खाएपछि नै निराहार व्रत सुरु हुन्छ। यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा सहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदार कहाँ पुर्याउन जाने परम्परा छ।
केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउने यो पर्व अहिले अन्य धर्मावलम्बीले समेत धुमधाम मनाउन थालेपछि छठ पर्व साझा बन्दै गएको छ। पर्वमा सबै धर्म, संस्कृति र वर्गका मानिस सामेल हुने हुँदा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।
छठ पूजाको मुख्य दिन सोमबार ठेकुवा, मुला, आदुवा, बतासा, उखु, ज्यामिर , केरा , नारिवाल लगाएतको लगायत कृषिजन्य उत्पादलाई अघ्र्य दिने पूजा सामाग्रीमा प्रयोग गर्ने गरिएका छ।
अहिले छठ पूजाको सामाग्री किनमेल गर्न बजारहरुमा ब्रतालुको भिड लागेको छ। छठ पूजामा पिठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सूपा, कलशसहितको घैंलालगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।
छठ पर्वमा माटो र बाँसले बनेको सामग्रीहरुलाई नै ब्रतालुहरुले शुद्धताको रुपमा प्रयोग गर्ने गरेको कारणले पनि बजारहरूमा बाँस र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ।
माटोबाट बनेको घैंटो, हात्ती, बाँसबाट बनेको टोकरी, नांग्लो, कन्सुपतीलगायतको सामान किन्नमा समेत ब्रतालुहरु आईतबार कलैया, वीरगन्ज, जितपुरसिमरा लगाएतको बजारमा व्यस्त देखिएका थिए।
प्रकाशित: ९ कार्तिक २०८२ १६:१९ आइतबार





