चेल्सी वर्ल्ड स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित आत्मसात् गरेको छ।
चेल्सीले मंगलबार दुवै सफलता गर्ल्समा पाएको हो। पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ ले पराजित गर्यो। चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक जोडिन्। अर्को खेलमा तेन्जिङकै २० अंक प्रेरणामा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले हरायो।
गर्ल्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१–१७ ले हरायो। विजेताकी जस्मिनले आठ स्कोर गरिन्। ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५–४५ र काठमाडौं वल्र्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२–२३ ले पन्छाए। मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ र काठमाडौं वल्र्डका खैङ लिनले १४ अंक बटुले।
प्रकाशित: २ पुस २०८२ १०:१० बुधबार





