२० मंसिर २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

विराटनगरमा गरिएको छठ पूजा (तस्बिरहरू)

विराटनगरमा गरिएको छठ पूजा। तस्बिरः चुमन/नागरिक

उल्लासपूर्व छठ पर्व सम्पन्न भएको छ। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रूपमा सकिएको हो।  

तराईको महत्वपूर्ण पर्वमध्ये छठलाई विशेष रूपमा मनाउने गरिन्छ। सोमबार साँझ अस्ताउँदो र मंगलबार (आज) बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न भएको छ।

छठ पूजा प्रकृतिको पूजा गर्ने पर्वको रूपमा परिचित छ। बेहुलीझैं सिंगारिएका नदी, खोला र पोखरीस्थित छठ घाटमा व्रतालुहरू बिहान उज्यालो नहुँदै पुग्ने गर्छन्। यसरी घाटमा कतिपय व्रतालुहरू रातिभरि जाग्राम बस्ने गर्छन्। छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता, चर्म रोगबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक आस्था रहिआएको छ। पछिल्लो समय छठ पर्व तराईमा मात्रै नभई पहाडी क्षेत्रमा समेत भव्य रूपमा मनाउन थालिएको छ।

विराटनगरको सिंघिया खोला, केसलिया खोला, नहर र पोखरी तलाउमा  छठको रौनक देखिएको छ। कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर ‘छठी’ माता र सूर्यको आराधना गर्दछन्।  

कोभिडको महामारी फैलिएसँगै बाहिर छठ पूजा गर्न नपाएपछि घर आगानमै खाल्डो खनेर पानी जमाए पूजाआजा गरेका व्रतालुहरूले यस पटक भने खोला, पोखरीहरूमा गएर धुमधामका साथ छठ पूजा गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०८२ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App