२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कर्पोरेट

सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बन्यो सुबिसु

नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्ससँग सुबिसु लिमिटेडले आगामी सिजनका लागि इन्टरनेट पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।

सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ। सहकार्यले टोलीको डिजिटल पूर्वाधारलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवसँग जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए। उनले नेपाली क्रिकेटको विकास तथा प्रवर्द्धनमा सुबिसुको प्रतिबद्धता निरन्तर रहने बताए।

सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको उल्लेख गर्दै सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई खेलकुदप्रतिको निरन्तर प्रतिबद्धताका रूपमा व्याख्या गरे।

यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको साझेदारीले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप बलियो बनाउने बताए। उनले प्रविधि र डिजिटल कनेक्टिभिटीले नेपाली क्रिकेट तथा टोलीको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

आगामी एनपीएल सिजनका लागि सुदूरपश्चिम रोयल्सले टोली निर्माणलाई तीव्रता दिएको छ। टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।

प्रकाशित: २९ श्रावण २०८३ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App