नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन्।
शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अब पार्टीलाई एकीकरण गर्नुपर्ने बताए।
उनले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वमा पार्टीलाई पुनः एकीकृत गर्नुपर्ने बताए। उनले भने,‘ विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ। शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नपर्छ।’
यस्तै, उनले त्यो समय जबरजस्ती पार्टीमा विशेष महाधिवेशन गरिएको आरोप लगाउँदै देउवाले राजनीतिक रुपमा प्रतिस्पर्धी हुन्नँ भन्दा भन्दै पनि सो कदम उठाएको बताए।
प्रकाशित: २९ श्रावण २०८३ १७:३५ शुक्रबार





