एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समयमा प्रविधिको अधिकतम प्रयोग गर्दै एनआईसी एशिया क्यापिटलले निक्षेप सदस्यअन्तर्गतका सम्पूर्ण सेवाहरू डिजिटल रूपमा उपलब्ध गराउनुका साथै एनआईसी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत समेत डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने लगायत निक्षेप सदस्यअन्तर्गतका अधिकांश सेवाहरू उपलब्ध गराउँदै आएको छ।
क्यापिटलबाट प्रदान गरिने सेवाहरूलाई चुस्त, दुरुस्त तथा ग्राहकमुखी बनाई सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ मा निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सेवासहित निम्नअनुसारका योजनाहरू सञ्चालन गर्न लागेको बैंकले जनाएको छ।
निक्षेप सदस्यअन्तर्गत आव २०८३/०८४ मा सञ्चालित योजना तथा सुविधाहरूः
१. Free DeMat Account:
एनआईसी एशिया क्यापिटल तथा क्यापिटलका शाखा कार्यालयहरूमार्फत डिम्याट खाता खोल्ने ग्राहकहरूलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउनुका साथै पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा पूर्ण छुट प्रदान गरिएको छ।
२. NIC ASIA Student DeMat Account Service with Free DeMat/Mero Share Fee:
विद्यार्थीहरूमा धितोपत्र बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्दै उनीहरूलाई लगानीतर्फ आकर्षित गर्न तथा धितोपत्र बजारमा सहभागी गराउने उद्देश्यले यस क्यापिटलले आर्थिक वर्ष २०८३/८४ मा “एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा” योजना सञ्चालन गरेको छ। उक्त योजनाअन्तर्गत खोलिएका सम्पूर्ण विद्यार्थी डिम्याट खाताहरूमा निम्नअनुसारका सुविधा तथा छुटहरू उपलब्ध गराइएको छ।
एनआईसी एशिया विद्यार्थी डिम्याट योजना अन्तर्गतका छुटहरू:
• निःशुल्क डिम्याट खाता।
• पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट।
• निःशुल्क मेरो सेयर खाता रजिस्ट्रेसन।
३. Lifetime DeMat & Mero Share Renewal Offer for Limited Period:
प्रत्येक वर्ष डिम्याट खाता नवीकरण शुल्कबापत रु. १०० र मेरो सेयर खाता सञ्चालन गरेबापत रु. ५० बुझाउनुपर्ने व्यवस्था रहेको छ। उक्त नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज हुने तथा मेरो सेयरको अनलाइन सेवा बन्द हुने भएकाले यस क्यापिटलले नयाँ तथा विद्यमान हितग्राही खातावालाहरूका लागि विशेष व्यवस्था गरेको छ।
यसअन्तर्गत एकमुष्ट रु. ९९९/- भुक्तानी गर्दा आजीवन डिम्याट खाता (Lifetime DeMat Account) नवीकरण गरिदिने तथा रु. १,०००/- एकमुष्ट भुक्तानी गर्दा आजीवन मेरो सेयर खाता (Lifetime Mero Share Account) नवीकरण गरिदिने सेवा सञ्चालनमा ल्याइएको छ। उक्त आजीवन डिम्याट तथा मेरो सेयर सुविधा मिति २०८३ श्रावण मसान्तसम्म उपलब्ध हुनेछ।
४. Linked DeMat Account with NIC ASIA Bank's Saving Accounts:
एनआईसी एशिया बैंकमार्फत डिम्याट खाता खोल्न चाहने ग्राहकहरूलाई मध्यनजर गर्दै एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंकका शाखा कार्यालयहरूमार्फत बैंकले तोकेबमोजिमका बचत खाता प्रयोग गरी डिम्याट खाता खोल्ने ग्राहकहरूका लागि पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुटसहित निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खाता खोल्ने व्यवस्था मिलाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ २०:२५ बिहीबार





