२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य

डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।  

भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ। ग्राहकहरूले यस होमस्टेको सेवा उपभोग गरेबापत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्दा यो छुट सुविधाको लाभ लिन सक्नेछन्।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवापुग्ने बैंकले विश्वास लिएको छ । 

प्रकाशित: ३२ असार २०८२ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App