केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।
ग्रुपले पहिलो चरणअन्तर्गत दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्री भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ पठाउने जनाएको छ ।
राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, दालमोठ तथा विभिन्न मसलालगायत सामग्री छन् ।
बाढीपहिरोका कारण सडक सञ्जालमा क्षति पुगेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पठाउने ग्रुपले जनाएको छ । विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा रहेको ग्रुपको भनाइ छ।
प्रकाशित: १५ भाद्र २०८३ १६:३७ सोमबार





