६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कर्पोरेट

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित

नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड'Excellence in Digital Transactions FY 2081/82' / 'Excellence in Nepalpay QR Transaction FY 2081/82'बाट सम्मानित भएको छ ।  

आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल तथा त्तच्कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।  

मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायज्यूले उक्त अवार्ड ग्रहण गरेका थिए। समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ ।  

विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

प्रकाशित: ९ पुस २०८२ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App