२ असार २०८२ सोमबार
image/svg+xml
कर्पोरेट

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले कार्यभार सम्हालेका छन् ।  

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा विताएका घिमिरे यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले योगदान पुर्‍याएका छन् । बुधबार कार्यभार सम्हाल्दै सीईओ घिमिरेले बैंकलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।  

‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ’ उनले भने ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।’

साथै, बुधबारबाटै लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।

प्रकाशित: १० वैशाख २०८२ १७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App