सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क ह्विस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क ह्विस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ ।
द गभर्नर स्मोकवुड कास्क ह्विस्की १० बर्ससम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’ लाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मुथनेस र सन्तुलन थप्छ । स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।
लन्चबारे टिप्पणी गर्दै, सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए ।
द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुनेछ ।
प्रकाशित: १७ पुस २०८२ १७:५६ बिहीबार





