२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
बजार

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ८’ (Galaxy Z Fold8) सिरिज नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र जेड फ्लिप ८ का साथै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरिएको हो ।  

नयाँ फोल्डेबल सिरिजले ग्यालेक्सी एआई (Galaxy AI) अनुभवलाई थप परिष्कृत गर्दै प्रयोगकर्तालाई ठूलो कार्यक्षेत्र (Workspace) र स्मार्ट जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको छ।

आठौँ पुस्तामा प्रवेश गरेको सामसङको यो फोल्डेबल प्लेटफर्मले डिजाइन, टिकाउपन र पोर्टेबिलिटीमा व्यापक सुधार गरेको छ। जेड फोल्ड ८ र फोल्ड ८ अल्ट्राको ठूलो डिस्प्लेले एआई मार्फत बहुकार्य (Multi-tasking) गर्न सहज बनाउने कम्पनीको भनाइ छ । त्यस्तै, जेड फ्लिप ८ ले सानो आकारमा रचनात्मक एआई अनुभव प्रदान गर्छ भने नयाँ घडीहरूले स्वास्थ्य र वेलनेस कनेक्टिभिटीलाई सुदृढ बनाएका छन् ।

सामसङ नेपालले यस पटक उत्पादन बिक्रीमा मात्र सीमित नभई ‘स्मार्ट ओनरशिप’ (Smart Ownership) को अवधारणा ल्याएको छ।

यसका तीन मुख्य आधार रहेका छन्:

१. सुलभता (Affordability): प्रिमियम प्रविधिमा सहज पहुँचका लागि HFL मार्फत ४०% डाउन पेमेन्टमा २४ महिने ईएमआई (EMI) सुविधा उपलब्ध गराइएको छ। योग्य ग्राहकका लागि ३६ महिनासम्मको अवधि र २०% सम्म डाउन पेमेन्ट घटाउने लक्ष्य कम्पनीको छ। यसमा ट्रेड–इन बोनस र रेमिट्यान्स नगद फिर्ता जस्ता सुविधाहरू पनि समावेश छन्।

२. पहुँचयोग्यता (Accessibility): सामसङले IMS र Him Electronics सँगको ओम्नीच्यानल सहकार्यमार्फत डिजिटल योग्यता जाँचदेखि ब्रान्ड स्टोरबाट उत्पादन लिनेसम्मको प्रक्रियालाई एउटै सूत्रमा जोडेको छ।

३. दिगोपन (Sustainability): पुराना उपकरणहरूको उचित मूल्य र पुन: प्रयोगका लागि कम्पनीले Apkudo सँग सहकार्य गरेको छ। यसले ई–वेस्ट (E-waste) घटाउन र विश्वसनीय पुन: प्रयोग बजार विकास गर्न मद्दत पुर्‍याउनेछ।

सामसङले HFL, eSewa, Ncell, Apkudo, रेमिट्यान्स पार्टनर, IMS र Him Electronics लाई एउटै इकोसिस्टममा जोडेको छ। यसले फाइनान्सिङ, कनेक्टिभिटी र ट्रेड–इन सुविधाहरूलाई एउटै प्रणाली (System) का रूपमा उपलब्ध गराउनेछ।

सामसङ नेपालका प्रबन्ध निर्देशक (MD) मिस्टर चाङ उक जङले भने, “परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिन्छ भने फोल्डेबलले एआईलाई एउटा ठूलो कार्यस्थल दिन्छ। हाम्रो उद्देश्य केवल प्रिमियम प्रविधि भित्र्याउनु मात्र नभई सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउनु हो।”

अगस्ट १३ देखि स्टक रहुन्जेलका लागि कम्पनीले प्रि–अर्डर खुला गरेको छ। यसका दुईवटा विशेष प्याकेज रहेका छन्:

VIP प्रि–अर्डर प्याकेज (रु. ६८,००० सम्मका लाभ): एनसेलको २ वर्षसम्म अनलिमिटेड डेटा र भ्वाइस प्याक, रु. १५,००० सम्मको एक्सचेन्ज बोनस, नयाँ घडीहरूमा रु. १०,००० छुट, ६ महिनाका लागि Google AI Pro र २ वर्षको थप वारेन्टी।

सामान्य प्रि–अर्डर प्याकेज (रु. ५८,००० सम्मका लाभ): एनसेल डेटा र भ्वाइस प्याक, रु. १५,००० एक्सचेन्ज बोनस, Google AI Pro र थप वारेन्टी सुविधाहरू।

सामसङले नेपालमा स्मार्टफोन मात्र नभई Him Electronics सँगको सहकार्यमा टेलिभिजन उत्पादन र ‘सामसङ इनोभेसन क्याम्पस’ मार्फत नेपाली युवालाई कोडिङ र एआई जस्ता सीप सिकाएर दक्ष जनशक्ति निर्माणमा समेत योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित: २९ श्रावण २०८३ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App