One UI 9 सहित बजारमा आउने Galaxy S26 सिरिजको पहिलो फोन, उच्चस्तरीय क्यामेरा र नयाँ Galaxy AI का साथ
सामसङ नेपालले Galaxy S26 परिवारमा नयाँ सदस्यका रूपमा Galaxy S26 FE सार्वजनिक गरेको छ। यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो। यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्याउनेछ। उच्चस्तरीय क्यामेरा र अझ बढी इन्टेलिजेन्ट Galaxy AI का साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ। पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको Galaxy S26 FE ले Galaxy S सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX, सामसङ नेपाल, प्रणय रत्न स्थापितले भने,‘Galaxy S26 FE दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यसले Galaxy S सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउनेछ।’
अझ स्पष्ट तस्बिर, सजिलो एडिटिङ
Galaxy S26 FE ले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ। यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्मका महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ।
नयाँ Galaxy फोल्डेबलमा प्रस्तुत गरिएको My FanCam अब Galaxy S26 FE मा पनि उपलब्ध छ। यसले चुनिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको दृश्यअनुसार भिडियोको फ्रेमलाई मिलाउँछ।

भिडियो खिच्दा Horizontal Lock सहितको Super Steady ले छिटो चलिरहेका गतिविधिहरूको भिडियो अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ। Galaxy S26 FE मा 3x Optical Zoom पनि रहेको छ, जसले टाढाबाट खिच्न अझ सहज बनाउँछ।
Galaxy S सिरिजको विशेष सुविधा Nightography ले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्छ र खिच्न गाह्रो अवस्थामा समेत फोटोका डिटेलहरूलाई स्पष्ट राख्छ।
AI अनुभव, सधैं एक कदम अगाडि
नयाँ One UI 9 का साथ Galaxy S26 FE मा दैनिक कामलाई अझ सजिलो बनाउने विभिन्न intuitive र context-aware Galaxy AI सुविधाहरू रहेका छन्। यसले ग्राहकको दैनिक रुटीनअनुसार आवश्यक जानकारी दिनुका साथै कामहरूलाई व्यवस्थित राख्न मद्दत गर्छ।
Galaxy S25 सिरिजमा प्रस्तुत गरिएको Now Brief लाई पनि थप व्यक्तिगत बनाइएको छ। यसमा मौसम र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता आफूलाई चाहिने ब्रीफिङ कार्डहरू रोज्न सकिन्छ। ग्राहकहरूले सामान्य निर्देशन प्रयोग गरेर आफ्नै कार्ड पनि बनाउन सक्नेछन्, जसले दिनभरि Now Brief लाई अझ उपयोगी बनाउनेछ।
उपलब्धता
मोडलको नाम: Galaxy S26 FE (8/256GB)
रंग: Pistachio, Graphite, Blueberry
RRP: रु. १,१९,९९९
१२ महिनाको EMI: रु. ६,०००
२४ महिनाको EMI: रु. ३,२५६
अपग्रेड अनुभव बढाउन सामसङले निम्न अफरहरू प्रस्तुत गर्दैछ।
एक्सचेन्ज बोनस: ग्राहकहरूले रु. ८,००० सम्मको थप एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्, जसले डाउन पेमेन्टको रकम कम गर्न मद्दत गर्नेछ।
Google AI Pro Subscription: ग्राहकहरूले रु. १८,३५१ मूल्यको ६ महिनाको Google AI Pro Subscription निःशुल्क पाउनेछन्।
EMI सुविधा: ग्राहकहरूले २४ महिनाको सजिलो EMI सुविधा लिन सक्नेछन्, जसको मासिक किस्ता रु. ३,२५६ बाट सुरु हुन्छ।
प्रकाशित: ४ आश्विन २०८३ १५:४४ आइतबार


-600x400.jpg)


