१० चैत्र २०८२ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्यमा सामान्य उतारचढाव

स्थानीय बजारमा मगंलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ।

हिजो मगंलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ भाद्र २०८२ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App