२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा भारी वृद्धि

आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ।

हिजो (बिहीबार) सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार छ सय ८५ रुपैयाँ तोकिएको थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको महासंघले जनाएको छ। 

प्रकाशित: १० आश्विन २०८२ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App