शुक्रबार सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
बिहिबार तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ रहेको सुन शुक्रबार १०० रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तैगरी चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ थियो।
प्रकाशित: ८ जेष्ठ २०८३ ११:२९ शुक्रबार





