स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य करिब ५ हजार बढेको छ।
मंगलबार प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो। सोमबार सुन तोलामा दुई लाख ४१ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेर तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: २५ कार्तिक २०८२ ११:११ मंगलबार





