नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै, मंगलबार छापावाला सुन ३ लाख २९०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार उक्त सुन २ लाख ९८५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०८३ ११:१४ मंगलबार





