नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १८ श्रावण २०८३ ११:३६ सोमबार





