३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

आज सुनको मूल्य घट्यो, चाँदी महँगियो

नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो। महासंघले सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार (हिजो) सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा भने सोमबार प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

प्रकाशित: २५ जेष्ठ २०८३ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App