२० वैशाख २०८३ आइतबार
image/svg+xml
बजार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ।  

गत शुक्रबारको तुलनामाआज सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ।  

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २० वैशाख २०८३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App