३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठ पनि पदमुक्त

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जाँदैजाँदै नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पनि स्वतः पदमुक्त भएका छन्।

कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई मन्त्रीसरहको सुविधा पाउने गरी कोषको अध्यक्ष पदमा नियुक्त गरेकी हुन्।

समाजकल्याण परिषद्को कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठ शनिबार जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि पदमुक्त भएका हुन्।

प्रकाशित: २० वैशाख २०८३ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App