नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रति तोला दुई लाख ७० हजार ६०० रुपैयाँ सुन आज एकैदिन चार हजार १०० रुपैयाँ बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ।
यसैगरी चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १९५ रुपैयाँ प्रतितोला कायम भएको छ। हिजो चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: २८ पुस २०८२ १०:४९ सोमबार





