आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ रुपैयाँ पुगेको छ।
छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य चार हजार २३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ।
प्रकाशित: ८ पुस २०८२ ११:३८ मंगलबार





