स्थानीय बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकै दिन प्रतितोला ४६ सय रुपैयाँले बढेर दुई लाख ६५ हजारमा कारोबार भइरहेको छ।
उता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले बढेर ४६ सय ८५ रुपैयाँ पुगेको छ। आइतबार सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने ४५ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: २१ पुस २०८२ ११:०० सोमबार




