२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (आज) सुनको मूल्य तोलामा दुई लाख ५२ हजार नौ सय कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य दुई लाख ५२ हजार दुई सय रुपैयाँ तोकिएको थियो। 

त्यस्तै चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ। आइतबार तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ।  

यसरी सुन तोलामा ७०० रुपैयाँ बढेको छ भने चाँदी २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: २२ मंसिर २०८२ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App