नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा थपघट भएको छ। बिहीबार प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पाँच हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसैगरी, १० ग्राम सुनको मूल्य हिजो दुई लाख ४९ हजार ७४० रुपैयाँ रहेकामा आज घटेर दुई लाख ४४ हजार ७७० रुपैयाँमा झरेको छ। यसअनुसार १० ग्राम सुनमा चार हजार ९७० रुपैयाँले घटेको छ।
चाँदीको मूल्यमा पनि थपघट भएको छ। बिहीबार तोलामा चार हजार ५०५ रुपैयाँ रहेको चाँदी आज घटेर चार हजार ३५० रुपैयाँ कायम भएको छ। यसरी आज चाँदी तोलामा १५५ रुपैयाँले घटेको छ। साथै, १० ग्राम चाँदीको मूल्य हिजो तीन हजार ८६३ रुपैयाँ रहेकामा आज बढेर चार हजार ३५० रुपैयाँ पुगेको छ।
यसअनुसार १० ग्राम चाँदीमा ४८७ रुपैयाँले बढेको महासंघले जनाएको छ।
प्रकाशित: ८ श्रावण २०८३ १०:५६ शुक्रबार





